वैदेशिक रोजगार विभागमा कार्यरत एक कर्मचारी १५ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् । विभागमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
उनले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै घुस मागेर हैरानी बनाएको उजुरीका आधारमा अख्तियारबाट गएको टोलीले १५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
उनको साथबाट थप श्रोत नखुलेको ७७ हजार ६००सहित तीन थान मोबाइल पनि बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
प्रकाशित: २७ चैत्र २०८२ २१:१९ शुक्रबार





