२२ भाद्र २०८३ सोमबार
image/svg+xml
अपराध

म्याग्दीमा ७२ वर्षीया हजुरआमाको ह’त्या गरी फरार नाति पक्राउ

म्याग्दीको बेनीमा आफ्नै ७२ वर्षीया हजुरआमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २६ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ।

बेनी नगरपालिका-२ खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या गरी फरार भएका उनकै नाति आशिष बरुवाललाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

भदौ २२ गते बिहान करिब ११:३० बजे बरुवालले हजुरआमा मनकुमारीमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी घिमिरेको घटनास्थलमै मृत्यु भएपछि अभियुक्त बरुवाल तत्काल फरार भएका थिए।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको विशेष प्रहरी टोली खोजतलासका लागि परिचालन गरिएको थियो।

प्रहरी टोलीले तीव्र रूपमा खोजी गर्ने क्रममा अभियुक्त बरुवाललाई बेनी नगरपालिका-२ स्थित हाडेभिरबाट भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अभियुक्तलाई हिरासतमा राखी घटनाको कारण, प्रयोग गरिएको हतियार तथा अन्य आवश्यक प्रमाण संकलनसहित थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App