२ चैत्र २०८२ सोमबार
image/svg+xml
अपराध

रुपन्देहीबाट ११ लाख बढीको सामान बरामद

जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ। प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो।

जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।

बरामद गरिएको सामानमा पीकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन्। रासस

प्रकाशित: २ चैत्र २०८२ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App