१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ।

चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक-एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

पक्राउ परेका प्रतिवादीबाट रू १३ लाख सात हजार ७२० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ। कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ। गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए। 

प्रकाशित: १९ श्रावण २०८३ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App