२२ पुस २०८२ मंगलबार
image/svg+xml
अपराध

कारमा पाँच क्वीन्टल गाँजा बरामद

मोरङको विराटनगर महानगरपालिका–८ बाट बिहीबार राति प्रहरीले एक बेवारिसे कारमा पाँच क्वीन्टल लागुऔषध गाँजा बरामद गरेको छ ।  

विराटनगर–८ स्थित यादव चोक हुँदै भाथिगछ जाने सडक खण्डमा बिहीबार राति सवा १० बजे सडक छेउमा रोकेर राखेको बेवारिसे कारबाट ५ सय ३८ केजी गाँजा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।  

No description available.

उनका अनुसार सडकको छेउमा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार बेवारिसे अवस्थामा फेला नियन्त्रणमा लिएर खानतलासी गर्दा कारभित्र १५ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा भेटिएको थियो । यो गाँजा कसले ल्याएको र कहाँ लगिएको हो भनेर यकिन छैन । तर, भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कारलाई नियन्त्रणमा लिएर गाँजा बरामद गरिएको भए पनि फरार चालकको खोजी कार्य तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३ आश्विन २०८२ १६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App