बर्दियामा लागूऔषधसहित पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
शुक्रबार प्रहरीले राजापुर नगरपालिकाबाट ३ र बारबर्दिया नगरपालिकाबाट २ जना गरी पाँच जनालाई पक्राउ गरिएकोमा सोमबार सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ परेका राजापुर नगरपालिका–४ घुमनाका ३२ वर्षीय राम मिलन चौधरी, गेरुवा गाउँपालिका–६का २३ वर्षीय अशोक श्रेष्ठ र २९ वर्षीय समिर चौधरीको साथबाट ५ ग्राम २ सय ८० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ र डिजिटल तराजु बरामत गरेको जनाएको छ ।
यस्तै, बारबर्दिया नगरपालिका–३ झुण्डिपुरका ३४ वर्षीय प्रदिप कुमार थारु र वडा नंम्बर ४ का १९ वर्षीय निशान्त थारुको साथबाट ६ सय ६० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको धुलो प्रदार्थ बरामत गरेको छ।
तीन जनालाई इलाका प्रहरी कार्यालय राजापुर र दुई जनालाई इलाका प्रहरी कार्यालय बनियाभारमा राखि आवश्यक अनुसन्धान भईरहेको डिएसपी प्रमेश बिष्टले जानकारी दिए।
प्रकाशित: २५ फाल्गुन २०८२ १८:२२ सोमबार





