५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अपराध

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौं महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

 उनीहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै सर्वसाधारणसँग ५० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।

 फरार प्रतिवादी पक्राउ

चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन्।

 जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रकाशित: २३ वैशाख २०८३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App