३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अपराध

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवातास खेलाउने ११ जना पक्राउ

प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न ११ जना पक्राउ परेका छन्।

काठमाडौंको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तास खेलाइरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले सोमबार राती २ बजे गरुड क्यासिनोमा छापा मार्ने क्रममा  दश लाख पचासी हजार छ सय रुपैयाँ बरामद गरेको हो।

प्रहरीले जुवा तास खेलिरहेको स्थानबाट मोबाइल थान ९, नगद सटही गर्न प्रयोग हुने पचास हजार लेखिएको क्वाइन ८ थान, दश हजार लेखिएको क्वाइन १९ थान,रु एक हजार लेखिएको क्वाइन ८८ थान र रु १०० लेखिएको क्वाइन ५ थान बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०८३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App