राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढी, पहिरो र कटानजस्ता घटनालाई दैवी प्रकोप भन्नु गलत भएको बताए।
यस्तै, उनले भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न नमिल्ने बताउँदै त्यो प्राकृतिक विपत्ति रहेको जिकिर गरे।
नेपालमा भइरहेका बाढी, पहिरो र कटानका घटनाहरू प्राकृतिक विपत्ति र मानव सिर्जित विपत्ति हुने भएकाले यस्ता विपत्तिलाई दैवी प्रकोपको संज्ञा दिन नमिल्ने उनको भनाइ छ।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ बनाउन माग गरे।
प्रकाशित: ३० भाद्र २०८३ १४:३६ मंगलबार





