७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

लागुऔषध ओसारपसार : ९९ जनाविरुद्ध ६५ मुद्दा दर्ता

नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९ जना आरोपीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत माघ महिनामा काठमाडौंका विभिन्न क्षेत्रका गरिएको खोजी अभियानका क्रममा सात महिलासहित ९९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरूविरुद्ध ६५ मुद्दा दर्ता भएको छ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूबाट खैरो हेरोइनमात्रै ५५.१८ ग्राम बरामद भएको छ। यस्तै लागुऔषध ट्रमाडोल मात्रै २३ हजार ३०० ट्याबलेट र नाइट्राजेपाम दुई हजार ८१३ एम्पल बरामद गरिएको छ।

गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल बरामद गरिएको छ। यस्तै स्पामो १२६ क्याप्सुल पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका अनुसार गएको एक महिनाको अवधिमा आत्महत्याका ३६ घटना भएको छ। यसमा १९ देखि ३९ वर्षका २७ छन्। आत्महत्या गर्नेमा २४ पुरुष रहेका पनि प्रहरीले जनाएको छ।

अनुचित लेनदेनतर्फ सात मुद्दा दर्ता भएको र दुई मुद्दा मिलापत्र भएको पनि प्रहरीले जानकारी दिएको छ। ती मुद्दाहरूमा रु आठ करोडभन्दा बढीको मागदाबी रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ। रासस

प्रकाशित: ६ फाल्गुन २०८२ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App