सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा प्रहरीले बिलबिजक नभएका सामान बरामद गरेको छ ।
भारतीय बजारबाट भन्सार छली गरेर ल्याईएका अवैध सामान प्रहरीले चेकजाँचका क्रममा बरामद गरेको हो ।
शुक्रबार दिउँसो प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए ।
बरामद सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ भने सामान पोष्टमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएका सामानमा सुपर पावर सुर्ती ६० पोका, आठ हजार चार सय बराबरको, स्वीट सुपारी ८५ पोका आठ हजार ७५ बराबरको, कमला पसन्द १ सय २० पोका २६ हजार चार सय बराबरको, चिनी २ सय केजी, जेम्स अन्डरवेयर १ सय २९ थानलगायत रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १२ भाद्र २०८२ १७:५८ बिहीबार





