२२ पुस २०८२ मंगलबार
image/svg+xml
अपराध

भाइ हत्याको अभियोगमा दाइ पक्राउ

आफ्नै भाइको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। शनिबार बिहान धारिलो हतियार खुकुरी प्रहार गरी ३० वर्षीय भाइ धर्मराज राईको हत्या गरेर भागेका त्रियुगा नगरपालिका १ जोगीदहका ४३ वर्षीय युवराज राई साँझ पक्राउ परेका हुन्।

फरार राई त्रियुगा नगरपालिका ४ बगाहाबाट शनिबार साँझ ६:३० बजे पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए। बगाहास्थित एक पसलमा खाजा खान निस्केका बेला भेटेर उनलाई अस्थायी प्रहरी पोस्ट बगाहाको टोलीले पक्रेको हो।

‘बिहानै घटना घटाएर भागेका उनी बगाहामा लुकिछिपि बसेका रहेछन्,’ डिएसपी दोङले भने, ‘सायद भोक लागेर खाजा खान पसल निस्केका होलान्, निगरानीमा रहेको हाम्रो टोलीले पसलबाटै पक्राउ गर्न सफल भयो।’

बिहान २:०० बजेजस्तो समयमा घरमा आमासँग झगडा गर्ने थालेका उनले सम्झाउन आएका भाइमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते धर्मराजको उपचारको क्रममा बिहान ३:०० बजे जिल्ला अस्पताल गाईघाटमा निधन भएको थियो। घटनालगत्तै फरार राईको तस्विर सार्वजनिक गर्दै प्रहरीले खोज्न थाल्दा १६ घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो।

पक्राउ राईलाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाउने प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: ६ पुस २०८२ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App