११ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

‘हनी ट्र्याप’ मा पारेर १४ लाख असुल्ने महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’ मा पारेर १४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बस्ने २१ वर्षीया सिन्दु चन्द छन्। उनले २०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेत बुद्धपथस्थित बुलबुले भ्यू होटलमा बोलाएर चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिइन्।  

उक्त सम्बन्धलाई आर्थिक लाभ लिने मनसायले जबर्जस्ती करणी मुद्दामा फसाउँछु र सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो फोटो राखिदिन्छु भनी डर देखाएर बेइमानीपूर्वक जटिल परिस्थिति खडा गरी कोइरालाबाट पटकपटक गरेर १४ लाख २५ हजार असुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए।  

उनका अनुसार पीडितसँग रकम असुलेको प्रमाणसहित प्राप्त जाहेरीपछि मंगलबार प्रहरी टोलीले उक्त कसुरमा संलग्न ती महिलालाई पक्राउ गरेको हो। पक्राउ परेकी अभियुक्त चन्दलाई आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ श्रावण २०८२ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App