२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अपराध

गाँजाको जस्तो देखिने पाँच थान तेलको बोतलसहित त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना अमेरिकी नागरिक पक्राउ परेका छन्। गाँजा/भाँगोको जस्तो देखिने तेल १.२५ लिटरको बोतल पाँच थानसहित एक जना अमेरिकी नागरिक पक्राउ परेका हुन्।

हिजो (शुक्रबार) करिब १ बजे एअर इन्डियनको उडान नं. एआई२१८ द्वारा काठमाडौंबाट दिल्ली जान लागेका यात्रु अमेरिकी नागरिक राहदानी नम्बर ए८३४८८४८७ वाहक वर्ष ४६ का अग्नियन पेट्रोभ पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनले लिई आएको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रनिङ गर्दा शंकास्पद देखिएकाले निजको ब्यागेज खोल्न लगाई हेर्दा गाँजा/भाँगोको जस्तो देखिने तेल १.२५ लिटरको बोतल थान-५ (पाँच) फेला पारिएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। 

आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागूऔषध नियन्त्रण व्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाई पठाइएको उनले बताए।

प्रकाशित: ५ वैशाख २०८३ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App