२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

केन्द्रीय कारागारबाट फरार एक प्रतिवादी ताप्लेजुङमा पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका आयुष पालुङ्वा रहेका छन्।

फरार रहेका उनी फुङलिङ नगरपालिका वडा नं ६ आलुचौकस्थित साथीको घरमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले बताए। उनलाई तत्कालका लागि ताप्लेजुङ कारागारमा राखेर त्यसपछि स्थानान्तरण गरिने प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आयुषमाथि जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएकोमा ५ वर्ष भुक्तान गरिसकेका उनी जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका थिए।

प्रकाशित: १२ आश्विन २०८२ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App