१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

जेन-जी आन्दोलनमा भागेका ८१ कैदीबन्दी पक्राउ

जेन-जी आन्दोलनको मौकामा कास्कीबाट भागेका थप ८१ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचार अन्त्य, सुशासन र नेपोबेबीविरुद्ध जेहाद छाडिएको जेन-जी आन्दोलन र त्यसबेला कास्की कारागारमा भएको तोडफोड र आगजनीको मौका छोपेर भागेका कैदीबन्दीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रशासनले जेन-जी आन्दोलनका बेला कारागारमा भएको तोडफोड र आगजनीको मौका छोपेर भागेका कैदीबन्दी तथा थुनुवाहरुलाई असोज २० गते भित्रमा स्वतःस्फूर्त फर्किन अपिल गरेको थियो । तर प्रशासनको अपिलको बाबजुद कैदीबन्दी तथा थुनुवाहरु स्वतःस्फूर्त कारागार नफर्किएपछि कास्की प्रहरीले पक्राउ गरेर कारागारमा बुझाएको जनाएको छ ।

कास्की प्रहरीले जबरजस्ती करणी मुद्दाका १६ जना, लागुऔषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जनालाई पक्राउ गरेर कारागारमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।  

उनका अनुसार अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, कुटपिटबाट अङ्गभङ्ग मुद्दाका– १ जना र मानव बेचविखन मुद्दाका १ जनालाई पनि पक्राउ गरेर कारागारामा बुझाइएको छ ।

प्रकाशित: ३० आश्विन २०८२ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App