१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

सामुदायिक वनबाट ३२ नाल अवैध हतियार बरामद

प्युठानको नौबहिनी गाउँपालिका-२ स्थित एक सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा तिनका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय लुंगेबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा वनभित्र पातले छोपेर लुकाइछिपाइ राखेको अवस्थामा उक्त सामान फेला पारेको हो। 

प्रहरीका अनुसार १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा र ३ थान भरुवा बन्दुकका चाप नियन्त्रणमा लिइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित: १८ श्रावण २०८३ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App