११ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

१८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ

प्रहरीले लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्गस्थितमा बस्ने १९ वर्षीय आदित्य मण्डल, सिन्धुली, दुधौली नगरपालिका ५ घर भएका ४१ वर्षीय उत्तर बहादुर कार्की भनिने शम्भु कार्की र भारत देश सितामडी घर भएको २७ वर्षीय जितु कुमार राय रहेका छन्।

उनीहरुको शरीर तथा कोठाभित्र तलासी गर्दा लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद रु ५६ हजार ८९५ र भारतीय रकम २ हजार ८०० सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति प्राप्त भइ प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै, निज शम्भु कार्कीविरुद्ध २०७०।०९।३० गते डाँका र २०७७।०५।०४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भइसकेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८२ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App