२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अपराध

पर्साबाट २१३ किलो गाँजा बरामद

फाइल तस्बिर

प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ।  

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीले सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर खनतलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको हो।

ट्याक्टर चालक भने फरार रहेका छन्। प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: २६ फाल्गुन २०८२ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App