२९ असार २०८३ सोमबार
image/svg+xml
अपराध

१० जिल्लाबाट लागूऔषध सहित १७ जना पक्राउ (नामसहित)

क्याप्शन

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं, महानगरपालिका-२५ सुचिकार गल्लीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय निसान श्रेष्ठ समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै, उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०६७ प ८७४६ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ।

मोरङ, जहदा गाउँपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित सोही गाउँपालिका-७ बस्ने १५ वर्षीय बालकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदेश ठाकुरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी पर्सा, छिपहरमाई गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्राम सहित भारत जिल्ला उन्नौँ थाना सफीपुर ग्राम पञ्चायत परियर बस्ने ३६ वर्षीय राजु निषादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भिस्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

भक्तपुर, भक्तपुर नगरपालिका-६ चुनदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने १९ वर्षीया कल्पना नगरकोटी र भक्तपुर चाँगुनारायण नगरपालिका-९ ताथली खड्का टोल बस्ने २६ वर्षीय समर खड्का रहेका छन्। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २८ वर्षीय काशी राम आउजीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २२ वर्षीय अमित सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

गोरखा, आरूघाट गाउँपालिका-१० मंगलटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ आरूटार बस्ने २५ वर्षीय सरोज रोका र गोरखा नगरपालिका-१ ताप्ले बस्ने २१ वर्षीय जिवन धिताल रहेका छन्।

इलाका प्रहरी कार्यालय आरूघाटबाट खटिएको प्रहरीले ग.६ प ६७७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही उपमहानगरपालिका-५ देउराली बस्ने ३२ वर्षीय पर्वत दर्जीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित न्यू अछाम ढकारी जुम्ला होटल एण्ड लजबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम, तराजु १ थान र नगद २८ हजार रूपैयाँ सहित जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने ५३ वर्षीय बलि कामीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बस्ने २० वर्षीय बिक्रम कार्की समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३७ प १४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

पाल्पा, बगनासकाली गाउँपालिका-३ आर्यभन्ञ्याङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित तानसेन नगरपालिका-६ बसपार्क बस्ने २४ वर्षीय हेमन्त खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी आर्यभन्ञ्याङबाट खटिएको प्रहरीले बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग.२ ख २१४४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित: २० असार २०८३ १९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App