५ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

आकर्षक रोजगारीको बहानामा ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने, लमजुङ दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरुङ र काठमाडौं महानगरपालिका-१५ बस्ने, सर्लाही बरहथवा नगरपालिका-१ घर भएकी ३४ वर्षीया रूपी माया छन्।

दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जनाबाट ७ लाख रुपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जनाबाट ५ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको छ। घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: ३ असार २०८२ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App