२ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

सुनसरीको शिवधाराबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट आज सशस्त्र प्रहरीले करिब २ हजार १ सय ३० किलोग्रम गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।  

भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाका आधरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो। गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन्।

बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारबाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको छ।

प्रकाशित: २ असार २०८२ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App