३० असार २०८२ सोमबार
image/svg+xml
अपराध

एक सय ८८ ग्राम ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडीमा एक सय ८८  ग्राम ब्राउन सुगरसहित दुई जना कारोबारी पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले एक सय ८८  ग्राम ९५ मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो। फुलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु ९५ प ६०८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुवै जना पक्राउ परेका थिए। 

पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका वडा नम्बर ३ खैराटीका २८ वर्षीय बिनोद कुमार पाण्डे र मोटरसाइकल पछाडि सवार सोही पालिका वडा नम्बर ८ नन्दनगरका ३५ वर्षीय श्याम सुन्दर यादव छन्। 

खानतलासी गर्दा बिनोद कुमार पाण्डेको साथमा कालो प्लास्टिकभित्र लुकाईछिपाई राखिएको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको प्रहरी नायब उपरीक्षक माहेनमणि अधिकारीले बताए। अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहेको छ। 

प्रकाशित: ३० जेष्ठ २०८२ २०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App