नेपाल प्रहरीको डीएसपी भएको दाबी गर्दै मुद्दा मिलाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक, चौरी देउराली–८ का ४५ वर्षीय ज्ञान बहादुर लामा (उर्फ ज्ञानु तामाङ) र सुनसरी, इटहरी उपमहानगरपालिका–४ का ४२ वर्षीय रेवती ओझा छन्।
प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने बहानामा ठगी गरेको निवेदनका आधारमा अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न यी दुईलाई पक्राउ गरिएको हो।
काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ठगीको आरोपमा पक्राउ परेका यी दुईविरुद्ध थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८२ १३:३७ बुधबार