६ माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

बुटवलमा पूर्वपत्नी र दुई छोरीको हत्या, आरोपित पक्राउ

बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन्। ३३ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

सम्बन्धविच्छेदपछि अर्कोसँग विवाह गरेकी दीपालाई उनका पूर्वश्रीमान् सुजन कोइरालाले आफ्नो घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। आरोपित सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८२ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App