१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

धनुषा-२ मा नेकपाका रामचन्द्र झाले गराए उम्मेदवारी दर्ता

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट धनुषा निर्वाचन क्षेत्र दुईमा रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्। धनुषाको विदेहनगर नगरपालिकास्थित तिनकौरिया बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उम्मेदवारी दर्ता गराएका हुन्।

झाले आठौं पटक उम्मेदवारी दर्ता गराइएका हुन्। ०४८ सालदेखि लगातार निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन्। ५१ सालको आम निर्वाचन र ६४ सालको पहिलो निर्वाचनमा उनी निर्वाचित भएका थिए।

'आज पहिलो नम्बरमै उम्मेदवारी दर्ता गरेको छु,' उनले भने। यसपालिको निर्वाचनमा आफू पहिलो हुने उनले दाबी गरे।

प्रकाशित: ६ माघ २०८२ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App