५ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

उदयपुरको कटारी नगरपालिकाकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा चार युवा पक्राउ परेका छन्। चार दिनअघि भएको यो घटना हिजो (आइतबार) मात्र सार्वजनिक भएको हो।  

आरोपितहरूमा कटारी नगरपालिका-४, गवुवाका होटल सञ्चालक २५ वर्षीय राजकुमार तामाङ (सुजन), सोही ठाउँका २० वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ छन्। शुक्रबार राति भएको घटनाबारे उजुरी परेपछि इलाका प्रहरी कार्यालय कटारीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो।  

आइतबारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। बजारमा मजदुरी गर्ने ती बालिकालाई बलात्कार भएको र उद्धारपछि कटारीको ‘सेफ हाउस’मा राखिएको छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

कटारी-४ का वडाध्यक्ष भूपेश तामाङले घटनाबारे सुनेको तर पूर्ण जानकारी नभएको बताए। ‘म वडाबाहिर थिएँ, भर्खरै आइपुगेँ,’ उनले भने, ‘घटना भएको सुनेको छु, तर सबै कुरा बुझ्न बाँकी छ।’ जिल्ला प्रहरी कार्यालयले घटनाको पुष्टि गर्दै छिट्टै प्रेस नोट जारी गर्ने जनाएको छ। निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँले पत्रकारलाई जानकारी दिन प्रेस नोट तयार भइरहेको बताए।  

प्रकाशित: १२ जेष्ठ २०८२ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App