२ असार २०८२ सोमबार
image/svg+xml
अपराध

वैवाहिक बलात्कारका आरोपी इन्टरपोलबाट कतारमा पक्राउ

वैवाहिक करणी मुद्दाका फरार प्रतिवादी इन्टरपोलको सहायतामा कतारबाट पक्राउ परेका छन्। वीरगंज महानगरपालिका–३१ बेलवा प्रसौनीका समसुदिन अन्सारी कतारबाट पक्राउ परेका हुन्।  

उनी फरार रहेपछि प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गराएको थियो। त्यसपछि एनसिबि कतार दोहाको समन्वयमा उनी कतारमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। पक्राउ पछि मुद्दाको कारबाही गर्न÷गराउन नेपाल फिर्ता ल्याइएको छ।  

‘फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो,’ प्रहरीले भनेको छ, ‘उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने छ।’  

अन्सारीसँग जोडिएको बलात्कार घटना एकवर्ष अघि ०८१ साउन १३ गतेको रहेको प्रहरीले जनाएको छ। उनको पीडित महिलासँग जातिय परम्पराअनुसार विवाह भएको थियो।  

विवाहपछि माइतीले दाइजो नदिएको विषयलाई लिएर अन्सारीले श्रीमतीमाथि बारम्बार कुटपिट, गालीगलौच, त्रासपूर्ण दुव्र्यवहार र यौन दुव्र्यवहार गर्दै आएको प्रहरीले जनाएको छ।  

यसै क्रममा घटना भएको दिन साउन १३ गते पीडित महिला बिरामी भएर डेरामा सुतिरहेका बेला कोठामा आएर धाकधम्की दिइ, डरत्रास देखाएर मञ्जुरीबिना जबरजस्ती करणी गरेको अभियोग लागेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ वैशाख २०८२ १८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App