१ असार २०८२ आइतबार
image/svg+xml
अपराध

‘फेक एकाउन्ट’ बनाए २ करोड बढि ठगी गर्ने ७ पक्राउ

धनुषा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोग सात सदस्यीय गिरोहलाई नियन्त्रणमा लिएको छ।

‘फेक एकाउन्ट’ मार्फत सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको बिहीबार सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार पक्राउ परेकाहरूले फेसबुक लगायतका सामाजिक सञ्जालमा फर्जी नाम र तस्बिर प्रयोग गरी मोबाइल, मोटरसाइकल लगायतका सामान सस्तोमा उपलब्ध गराइदिने भन्दै २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ ठगी गरेका थिए।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेश कुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्याम सुन्दर महरा र २० वर्षीय राम कुमार महरा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमा विश्वास जित्ने शैलीमा संवाद गर्दै सस्तो सामानको प्रलोभन देखाएर अग्रिम रकम माग्थे। रकम बुझ्ने बित्तिकै सम्पर्कविहीन हुने गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरूको साथबाट प्रहरीले दश थान मोबाइल समेत बरामद गरेको छ। ती मोबाइलको प्रयोग गरी विभिन्न बैङ्क तथा वित्तीय संस्थासहित वालेट आइडी खोलेर १८७ वटा खातामार्फत ठगी कारोबार गरिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार हालसम्म २१ वटा फेक एकाउन्ट पत्ता लागिसकेको छ। जिल्ला अदालत धनुषाबाट म्याद थप गरी गिरोहमाथि थप अनुसन्धान भइरहेको उनले जनाए

थप अनुसन्धानपछि उनीहरुविरुद्ध ठगी तथा साइबर अपराध अन्तर्गतको मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App