मकवानपुरको भिमफेदी गाउँपालिका–९ अघोरमा छोराले आफ्नै बाबुलाई भरुवा बन्दुकले हानी घाइते बनाएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजे ५९ वर्षीय कान्छाराम थिङ आफ्नै छोरा ३५ वर्षीय ईमानसिंह थिङको गोली प्रहारमा परेका हुन्।
उनीहरू बाबु–छोरा भए पनि छुट्टाछुट्टै बस्दै आएका भएपनि आँगन भने एउटै प्रयोग गर्दै आएका थिए। कुखुरा आँगनतिर आएको विषयमा विवाद हुँदा रिसले चुर भएका ईमानसिंहले लाइसेन्सविनाको भरुवा बन्दुक प्रहार गरेका थिए।
गोली लागेर कान्छारामको बायाँ खुट्टा र दायाँ हातमा छर्राले चोट लागेको छ। प्रहरीले उनी सामान्य अवस्थामा रहेको र थप उपचारका लागि हेटौंडा ल्याइँदै गरेको जनाएको छ।
गोली प्रहारमा संलग्न इमानसिंहलाई प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको कमान्डमा खटिएको टोलीले एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।
प्रकाशित: १७ वैशाख २०८२ १९:०८ बुधबार





