सरकारी वकिलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षकी मिना शाही दमाई म्याथ थपका लागि सरकारी वकिलको कार्यालय पुर्याएका समय भागेकी हुन् । हतकडीसहित फरार भएकी उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेकी उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्राउ गरेको थियो । म्याद थपका लागि पनि सोही कार्यालयले सरकारी वकिल कार्यालय पुगाएको थियो ।
प्रकाशित: १४ वैशाख २०८२ १७:५४ आइतबार





