सर्लाहीमा धारिलो हतियार प्रहार गरि जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् । बिष्णु गाउँपालिका वडा नम्बर ३ मधुवन गोठका अन्दाजी ४० वर्षीय साहेब पासवानले आफ्नै भाइ गजेन्द्र पासवानको ३५ वर्षीया श्रीमती रेनु पासवानको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।
आइतबार दिउँसो घरायसी विवादका कारण साहेबले घरेलु हतियार प्रहार गरी रेनुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जेठाजु साहेबले घरमा समान्य विवाद चलिरहेको बेला अचानक धारिलो हतियार निकालेर बुहारी रेनुको हात, मुख र घाँटीमा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले बताए ।
महिलाको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा पठाएको र हत्या गर्ने साहेबलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राइले बताए ।
प्रकाशित: १४ वैशाख २०८२ १५:४७ आइतबार





