सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट ९ लाख ६० हजार रुपैयाँ बराबरको भिटामिनसहित एक जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका-२५ सिर्सिया बस्ने ३६ वर्षीय अमृत साह कानुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जकाे टोलीले पक्राउ गरेको हो। उनले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ‘लाइकोपिनसहित मल्टिभिटामिन र मल्टिमिनरल्स क्याप्सूल’ ४ हजार ८ सय वटा, ना २ स १०१७ नम्बरको अटो र दुई थान मोटरसाइकल पनि बरामद गरिएको छ। अटो र मोटरसाइकलको भन्सार दाखिला मूल्य ६ लाख तोकिएको छ।
पक्राउ परेका कानुलाई बरामद भिटामिन र सवारीसाधनसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित: १२ वैशाख २०८२ १९:४४ शुक्रबार





