१० पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषधसहित ८ जना पक्राउ

झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचिनगर नगरपालिका ६ बाट भारत वेष्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मनलाई प्रहरीले १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । 

सुरक्षा जाँचका क्रममा उनको साथमा लागुऔषध भेटिएको प्रहरीको भनाई छ । प्रहरीले अर्जुनधारा ४ का २८ वर्षीय भुवन न्यौपाने उनकै घरबाट पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले उनको साथबाट ब्राउन सुगर १  ग्राम ९ सय ४० मिलिग्राम फेला पारेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

मोरङको विराटनगर महानगरपालिका १५ बाट सुनसरीको धरान ८ का १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरले पक्राउ गरेको हो । 

यस्तै उदयपुरको बेलका नगरपालिका ९ बाट को.३९ प ५६४९ नम्बरको स्कुटरमा सवार चालक बेलका ३ का २६ वर्षीय मुस्कान राई र पछाडी बसेका २१ वर्षीय खम्बबहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले जनाएको छ । 
धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले सहिदभुमी गाउँपालिका ७ की ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्कीलाई २० किलोग्राम गाँजासहित पक्राउ गरेको छ । 

लागुऔषध सहित पक्राउ परेका सबैबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: २७ चैत्र २०८१ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App