९ पुस २०८२ बुधबार
image/svg+xml
अपराध

बालुवामा लडेका व्यक्तिको साथबाट गोलीसहित बन्दुक बरामद

मध्यरातमा गाँजा तस्करी हुने गरेको रहस्य खुलेको छ । रौतहटमा गाँजा उत्पादन नभए पनि रौतहटबाट गाँजाको ठुलो परिमाणमा तस्करी हुने गरेको देखिएको छ । मध्यरातमा रौतहट प्रहरीले ठुलो परिमाणमा गाँजा फेला पारेपछि गाँजाको तस्करी हुने गरेको रहस्य खुलेको हो ।  

गौर नगरपालिका ४ स्थित झोलुंगे पुलको बाटो हुँदै भारततिर लागू औषध गाँजाको तस्करीको सूचना प्रहरीले पाएपछि मध्यरातमा केराबारीमा लुकेर बसेको प्रहरीले सय किलोभन्दा बढी गाँजा बरामद गरेको छ । राति करिब पौनो दुई बजेको समयमा चार जाना मानिसहरु टाउकोमा बोरा राखी भारततर्फ गइरहेको अवस्थामा प्रहरीलाई देखेपछि बोरा फालेर फरार भएका थिए ।  

भाग्ने क्रममा बालुवामा भाग्न नसकी एक जना युवक लड्न पुगेको थियो । लडेका युवकलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको खल्तीबाट आठ एमएम केएफ लेखिएको तीन थान लाइभ गोली बरामद बरामद भएको छ । यसैगरी प्रहरीले खोजतलास गर्दा युवक लडेको ठाउँमा नजिकै लाइभ गोली लोड गरेको अवस्थामा भूइँमा एउटा कटुवा पेस्तोल पनि बरामद गरेको छ ।  

अन्य फरार मानिसहरुले फालेको चारओटा बोरामा ससाना ११ वटा पोकाभित्र १०९ किलोग्राम गाँजाजस्तो देखिने वस्तु फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

पक्राउ परेको युवक गौर नगरपालिका ४ टिकुलियाका २१ वर्षीय सावन गिरी भएको र उनलाई मंगलबार अदालतमा बुझाई अदालतबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्हरी कार्यालय रौतहटका सहप्रवक्ता तथा सूचना अधिकारी प्रनि उमाशंकर प्रसादले जानकारी गराएका छन् ।

प्रकाशित: २६ चैत्र २०८१ १९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App