१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:३७ अपराह्न
अपराध

फागुनमा चार हजारभन्दा बढी अपराधका मुद्दा, बैंकिङ कसुर धेरै

फागुनमा देशभर ४ हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। यीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका १ हजार १२७ मुद्दा छन्, जुन कुलको २५.२२ प्रतिशत हो।

काठमाडौँ उपत्यकामा अपराधका घटना धेरै देखिएको छ र बैंकिङ कसुरका मुद्दा पनि त्यहीँ बढी दर्ता भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बैंकिङ कसुरमा चेक बाउन्सका घटना धेरै छन्। 

उनले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध बढ्दै गएको बताए।  बैंकिङ कसुरका १,१२७ मुद्दापछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ५२१ मुद्दा दर्ता भएका छन्।

त्यस्तै, आत्महत्यासम्बन्धी ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीका १६२, सवारी ज्यानका १५४, ज्यान मार्ने उद्योगका ७१ र कर्तव्य ज्यानका ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

आचार्यका अनुसार काठमाडौँ उपत्यकामा १ हजार ३३७ मुद्दा दर्ता भएका छन्। 

मधेस प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमतीमा ३७६, सुदूरपश्चिममा २७९, गण्डकीमा ३२३ र कर्णालीमा १६१ मुद्दा प्रहरीमा आएका छन्। उनका अनुसार यी तथ्याङ्कले अपराधको अवस्था क्षेत्रअनुसार फरक देखाउँछ। रासस

प्रकाशित: ११ चैत्र २०८१ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App