उदयपुरका २ युवा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोली र लालपत्ता प्रहरी चौकीको संयुक्त टोलीले उनीहहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसानर पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मोतिगडाका ३७ वर्षीय रत्न भन्ने रोहित चौधरी र सोही ठाउँका ३१ वर्षीय नागेश्वर चौधरी छन् । सप्तरीबाट गाईघाटतर्फ आउँदै गरेको प्र २–०१–००२ प ७८६३ नम्बरको मोटरईकलमा सवार उनीहरुलाई त्रियुगा नगरपालिका ५ विलाउनेमा चेकजाँचको क्रममा लागूऔषध भेटेर नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट ३.६० ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बरामद भएको छ । प्रहरीले ब्राउनसुगरसँगै मोटरसाईकलसहित चालक रत्न र पछाडि बस्ने नागेश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रकाउ दुबैलाई प्रहरी हिरासतमा राखी जिल्ला अदालतबाट आईतबार म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।
प्रकाशित: १० चैत्र २०८१ १९:०० आइतबार