१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:३२ अपराह्न
अपराध

उदयपुरबाट लागूऔषध चरेशसहित युवक पक्राउ

उदयपुरको बेलका नगरपालिकाबाट लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले बेलका–५ का ३० वर्षीय बिसप खतिवडालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार खतिवडालाई बेलका–९ स्थित रामपुर बजारको ‘होटेल एकान्त एन्ड लज’ बाट पक्राउ गरिएको हो। उनको साथबाट ३.६० मिलिग्राम चरेस बरामद भएको छ। तीन दिनअघि नै पक्राउ गरिए पनि प्रहरीले बिहीबार मात्रै सार्वजनिक गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खतिवडाको साथबाट चरेससहित विभिन्न बैंकका २० थान चेक, ४५ थान एटीएम कार्ड र एनसेल तथा नेपाल टेलिकमका २०० थान सिमकार्ड बरामद भएको छ। यस आधारमा उनी गम्भीर प्रकृतिका लागूऔषध कारोबारी हुनसक्ने प्रहरीको अनुमान छ।

हाल उनलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०८१ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App