अर्घाखाँचीको शितगंगाबाट नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन्।
नक्कली भारतीय रुपैयाँसहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ घर भई हाल शितगंगा-१ बस्ने १९ वर्षीय यान बहादुर बस्नेत क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
शितगंगा नगरपालिका १२, ठुलो ढोंडेनीबाट ९ थान नक्कली भारतीय रुपैयाँ सहित उनलाई पक्राउ गरिएको हो। गस्तीमा गएको प्रहरी टोलीले शङ्कास्पद रुपमा हिंडेको देखेपछि खानतलासी गर्दा भारतीय रुपैयाँ जस्तो देखिने ९ थान नक्कली नोट फेला पारेको सूचना अधिकारी जगन्नाथ मरासिनीले जानकारी दिए।
पक्राउ परेका क्षेत्रीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रकाशित: २० फाल्गुन २०८१ १८:५० मंगलबार