९ माघ २०८१ बुधबार
image/svg+xml
अपराध

प्रहरीलाई छलेर भागेका नाइजेरियन नागरिक एक दिनपछि पक्राउ

काठमाडौं ल्याउने क्रममा सिन्धुलीबाट भागेका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई प्रहरीले दुई दिनपछि पुनः नियन्त्रणमा लिएको छ ।

भोजपुरबाट काठमाडौं ल्याउने क्रममा सिन्धुलीको गोलन्जोरबाट फरार रहेका उनलाई प्रहरीले २४ घण्टाभित्रै नियन्त्रणमा लिएको हो । सिन्धुलीका एसपी गोविन्द काफ्लेले गाडी चढेर काठमाडौं जानेक्रममा प्रहरी चौकी गढीको टोलीले उनलाई नियन्त्रणमा लिएको बताए । 

मंगलबार बिहानै भागेका उनी जंगलमा बसेको र पछि मुख्य सडकमा देखिएको खबर पाएसँगै प्रहरीले निगरानी बढाएको एसपी काफ्लेको भनाई छ ।

२५ वर्षीय ग्लोरीलाई भोजपुर प्रहरीले माघ ७ गते पौवादुम्मा गाउँपालिकाबाट नियन्त्रणमा लिएको थियो । प्रहरी हवल्दारको कमाण्डमा को १ झ ६१६ नम्बरको गाडीमा राखेर काठमाडौं पठाउने क्रममा शौच गर्ने बहानामा उनी फरार भएका थिए । 

उनलाई अध्यागमन विभागको मुद्दा शाखामा उपस्थित गराउने तयारी प्रहरीको थियो । 

प्रकाशित: ९ माघ २०८१ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App