१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

बर्दियामा जुवा खेलिरहेका १० जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका–३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका अवस्थामा दश जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ शान्तिपुरका ६० वर्षीय खिमबहादुर महत, ३९ वर्षीय भुपेन्द्र डाँगी, ५१ वर्षीय रामु खड्का, ३० वर्षीय विजयकुमार खड्का, २५ वर्षीय धिरजकुमार खत्री, १८ वर्षीय सौगात खड्का, ३१ वर्षीय साजित गुजर, २८ वर्षीय अनुप खड्का, ३३ वर्षीय लोकबहादुर खड्का र ४१ वर्षीय राम शरण थारु रहेका छन्। जुवा खालबाट नगद ५४ हजार ३ सय १५, ५ मोबाइल र दुई गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ।  

जुवातास खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई बुधबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०८२ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App