७ वैशाख २०८१ शुक्रबार
भिडियो

सरकारी जग्गामा माओवादी निकट कर्मचारी संगठनको भवन

जिल्ला समन्वय समिति चितवनको स्वामित्वमा रहेको सरकारी जग्गामा अनुमति विना नै नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले भवन निर्माण गरेको छ।  यातायात कार्यालयलाई भोगाधिकार गर्न दिएको यो जग्गामा नेपाल राष्ट्रिय कर्मचारी संगठनले अदालतको आदेश विपरित सरकारी जग्गामा भवन निर्माण गरिरहेको हो।

जिल्ला समन्वय समिति चितवनको स्वामित्वमा रहेको जग्गामा जिल्ला अदालत चितवनले बिहिबार नै काम रोक्न आदेश दिएपनि त्यसलाई अटेर गर्दै भवन निर्माणको काम जारी राखेका छन्। स्वीकृत बिना नै संरचना बनाउन थालेपछि जिल्ला समन्वय समिति चितवनले बिहिबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो।

प्रशासनिक संयन्त्रबाट सहयोग नभएपछि भैरहेको काम रोक्न जिसस अदालत पुगेको थियो। साँघुरो भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको यातायात कार्यालयलाई जिससले २०७८ चैत्र ६ गते तीन बर्षका लागि सम्झौता गरेर उक्त जग्गा दिएको थियो। 

यातायात कार्यालयलाई भोगाधिकार गर्न दिएको यो जग्गामा नेपाल राष्ट्रिय कर्मचारी संगठनले संरचना बनाइ रहेको हो। त्यो जग्गामा सम्बन्धित निकायको स्वीकृत बिना संगठनले संरचना बनाउँन पाउँदैनन्। तर, अनुमति नै नलिई भवन बनाउन लाग्दा समेत अन्य निकाय मौन रहेको अधिकारीको भनाई छ।

प्रकाशित: १६ श्रावण २०७९ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App