७ वैशाख २०८१ शुक्रबार
भिडियो

भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलितः दोषीमाथि कडा कारबाहीको माग

बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। स्वास्थ्यकर्मी आन्दोलित हुँदा अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारको काम प्रभावित भएको छ। 

दाङबाट आएका कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि आक्रोशित भएका आफन्तले स्टाफ नर्स, चिकित्सक लगायतलाई आक्रमण गरेका थिए।  

स्वास्थ्यकर्मीमाथि आक्रम्ण गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन्।  

राजनीतिक पावरमा आफूहरुको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीले ढुंक्कसँग काम गर्न नसकेको जनाएका छन्। जसले गर्दा कोभिड वार्डमा भर्ना भएका संक्रमित बिरामीको उपचार कार्य नै प्रभावित बन्न पुगेको छ। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको रेकर्ड अनुसार भेरी अस्पतालमा १ सय १९ पुरुष र ५८ महिला गरी कुल १ सय ७७ जना कोरोना संक्रमित उपचाररत छन्।

प्रकाशित: १४ जेष्ठ २०७८ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App