८ वैशाख २०८१ शनिबार
भिडियो

ओलीले सत्ताको आयु लम्ब्याउन चुनाव घोषणा गरेका हन् : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको आयु लम्ब्याउन वैशाखमा चुनाव गर्ने घोषणा गरेको  बताएका छन् । 

बुधबार नागरिक न्युजको फ्रन्टलाइनमा बोल्दै नेता रिजालले केपी ओलीले वैशाखमा चुनाव गराउने भन्दापनि सत्ता जोगाउने उपाय रचेको बताएका हुन् ।

नेता रिजालले भने , 'ओलीले वैशाखमा चुनाव गराउने भन्दापनि सत्ता जोगाउने उपाय रचेका हुन् । प्रधानमन्त्रीलाई हटाउने संसद् नभएपछि कसले हटाउँछ भन्ने सोचले संसद विघटन गरेका हुन् । मन्त्रीपरिषदमा पनि अविस्वासको प्रस्ताव र पार्टी भित्रमा पनि बहुमत नरहने अवस्था सिर्जना पछि औपचारिक रुपमा पार्टी फुट्न नसकेपछि संसद विघटन गरेका हुन् ।’  

प्रकाशित: २१ माघ २०७७ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App