१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

संकटलाई अवसरको रुपमा लिए देशको अर्थतन्त्र चलायमान हुन्छ : मोतीलाल दुगड

प्रधानमन्त्री केपी शर्मा ओलीका विषेश आर्थिक सल्लाहकार  मोतीलाल दुगडले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको संकटलाई अवसरको रुपमा लिएर अघि बढ्नु पर्ने  बताएका छन् । बुधबार नागरिक न्युजको फ्रन्टलाइनमा बोल्दै उनले  संटकलाई सामना गर्दै अघिबढे देशको अर्थतन्त्रलाई चलायमान गराउन  सकिने बताएका हुन् ।    

‘विश्वको हरेक देशमा आर्थिक अवस्थमा डामाडोल छ । नेपाल मात्रै नभएर विश्वको अर्थतन्त्र नै संकटमा छ । तर संकटको समयलाई पनि अवसरको रुपमा लिनुपर्छ’, उनले भने’, अहिले देशमा औद्योगगिकरणको आवश्यक छ । युवा जनशक्तिलाई  रोजगारीको अवसरको प्रदान गर्नु पर्छ । अनि मात्रै नेपालको अर्थतन्त्र माथि उठ्छ ।’

आज  भन्दा २० वर्ष अघि नै रेमिटेन्समा निर्भर नभएको मुलुक देश समृद्ध भइसक्ने उनले दाबी गरे ।  

‘ देशमा उद्योग धन्दा सञ्चालनमा छैन् । अहिले व्यापार घाट बढिरहेको छ’, उनी भन्छन्, ‘त्यसैले अहिलको मुख्य चुनौती भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु नै हो  ।यो संकटलाई अवसरको रुपमा लिएर युवा शक्तिलाई  रोजगार दिने र कृषिमा आधुनिकीकरण गर्नु पर्छ । हाल सरकारले उद्योगधन्दा सञ्चालनको लागि कामहरु अघि बढिरहेको छ ।’ 

 

 

प्रकाशित: ७ माघ २०७७ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App