घिसिङले भने, ‘हामीले पदको बार्गेनिङ गर्यौँ भन्ने कुरा आएको छ, त्यो गलत हो। म आफैँ पनि उपाध्यक्ष हुँ, त्यो पनि वरियता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ। मैले आज पनि म साधारण सदस्य भएर बस्छु र हाम्रा साथीहरूलाई केही व्यवस्थापन गरौँ पनि भनेका थिएँ।’