गत निर्वाचनमा पनि स्वागत नेपाल झापा-२ बाट उम्मेदवार बनेका थिए। उनी सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपटक एमालेले घिमिरेलाई नै पुनः टिकट दिएको छ।
जनकपुरधामको तिरहुतियागाछिमा आज आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' लहानस्थित मधेसी सहिदको प्रतिमामा माल्यार्पण गरेका छन्।