१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

गरे के हुदैन र ?

छोटो समयमै काठमाडौंका सडकको रुपनै फेरिएको छ। रातारात सडक मर्मत गरेर सफा सुग्घर बनाइएको छ। अघिपछि धुलो,धुवा र फोहोर हुने सडकहरु सफा सुग्घर र चिल्ला देखिएका छन्। छेउछाउमा रङरोगन गरिएको छ। सडक छेउमा देश चिनाउने विभिन्न तस्बिरहरुले काठमाडौंका सडक बेहुलीझैं सिंगारिएका छन्। दसैंमा मानिसहरुको पनि कम चाप, खुल्ला मौसममा काठमाडौंको परिचयनै फेरिएको छ। तर यो नियमित विकास भने होइन। चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि रातारात यत्तिको गरिएको हो। राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका सीको स्वागतका लागि यो सब गरिएको हो। त्यो पनि उनी आवातजावत गर्ने रुटमा मात्रै। सी शनिबार काठमाडौं आउँदैछन्। सडक छेउमा सी र राष्ट्रपति भण्डरीका तस्बिरले रंगिन भएको छ। रातारात भएको यस्तो विकास कुनै नौलो भने होइन। यसअघि गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि यस्तो विकास देख्न पाइएको थियो। सोही क्रम फेरि दोहोरिएको मात्रै हो। यसको गुणस्तरियतामाथि पनि प्रश्न उठिरहेकै छ। कति दिन टिक्छ भन्ने आम सर्वसाधारणको प्रश्न पनि कायमै छ। रातारात गरिएको कालोपत्रे कति दिन टिक्छ। रातारात निर्माण गरिएका पार्क कति दिन हरिया हुन्छन्। टालटुल गरेका सडकमा फेरि खाल्डा देख्न पर्ला कि नपर्लारुयी प्रश्न अझैं अनुत्तरितनै छन्। सर्वसाधारणका यस्ता प्रश्नको जवाफ समयले पक्कै दिने छ। यो देखावटी विकास हो। तर गरे सकिदो रहेछ भन्ने चाहि यसले पक्कै देखाएको छ। सी आवात जावत गर्ने सडक यसरी सिंगारिरहदा काठमाडौंका अन्य सडकको दुरावस्था उस्तै छ। वर्षौ पहिले ठेक्का सम्झौता भएका कतिपय सडक ज्यूँकात्यू छन्। खाल्डाखुल्डी उस्तै छन्। धुवा, धुलो उडिरहेकै छ। सडक छेउमा फोहोर थुपारिएकै छ। बर्षौदेखि अलपत्र अवस्थामा रहेका यस्ता सडकले यो रातारात गरिएको विकासलाई गिज्याइरहेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति सीले नेपालका राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डल स्तरको आधिकारिक वार्ता गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रपति शी र उच्च शक्ति चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा भोज आयोजना गर्नेछन। ओली र सी बीच वार्ता पछि, दुबै नेताहरु द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो अनौपचारिक शिखर सम्मेलनमा अक्टुबर ११ देखि १२ सम्म भारतको भ्रमण सकाएर नेपाल आउने छन्।


 

प्रकाशित: २४ आश्विन २०७६ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App