८ वैशाख २०८१ शनिबार
भिडियो

विप्लवका गतिविधि आतंककारी शैलीका: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन्।

लोकतन्त्रको मुख्य अभ्यासको रुपमा रहेको चुनावमा जित्न नसक्ने भएपछि चन्द नेतृत्वको समूहले गैर कानुनी, अमानवीय, आतंककारी गतिविधि गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता गतिविधिलाई सरकारले नियन्त्रणमा लिनु परेको प्रस्ट पारे।

प्रधानमन्त्री ओलीले लोकतन्त्र र मानव अधिकारप्रतिको आफ्नो निष्ठा र प्रतिवद्धतामा शंका नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे। उनले मानव अधिकार र लोकतन्त्र नहुँदाको पीडा आफूले भोगेको स्मरण गराउँदै मानव अधिकारको प्रश्नमा खोट लगाउने कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरे।

मानव अधिकारको सम्पूर्ण प्रत्याभूतिका लागि आफूले आफ्नो वक्तव्य, नीति तथा कार्यक्रमहरुमा पनि अधिकारको समानता, अवसरको समानता, समान सुरक्षा र बराबरीको सम्मानलाई मूल आधार बनाएको ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढ्न नदिने गरी सो समूहले गरेको आतंककारी गतिविधिलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको प्रस्ट पारे।

सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै  ओलीले मानव अधिकारको, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पुर्याउने गरी भएका यस्ता आतंककारी समूहको गतिविधि सरकारले रोक्ने प्रतिवद्दता जनाए।'चन्द नेतृत्वको समूहको काम के हो ? पैसा उठाउने हो। जनता तर्साउने हो' प्रधानमन्त्री ओलीले भने।
थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १३ जेष्ठ २०७६ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App