मधेस प्रदेशमा प्राकृतिक प्रकोपका कारण ६ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता छन्। महोत्तरी, रौतहट, सप्तरी, र सर्लाहीका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुगेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।
स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ । यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।